Kathmandu Press

सूर्य थापाले फेसबुकमा ज्यान मार्ने धम्की दिएको बुढाथोकीको आरोप, थापा भन्छन्– मेरो आइडी होइन  

काठमाडौं, बैशाख १४ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा माथि फेसबुकमा स्टाटस लेखेको भन्दै एक जना साउदी अरबमा वैदेशिक रोजगारीमा ....

सूर्य थापाले फेसबुकमा ज्यान मार्ने धम्की दिएको बुढाथोकीको आरोप, थापा भन्छन्– मेरो आइडी होइन  

काठमाडौं, बैशाख १४ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा माथि फेसबुकमा स्टाटस लेखेको भन्दै एक जना साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। 

रोजगारीका लागि साउदी अरेवियामा बस्दै आएका सिन्धुलीको मरिन गाँउपालिका ४ घर भएका बिष्णु बुढाथोकीले थापाले आफुलाई फेसबुक च्यासटामा धम्की दिएको दावी गरेका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध स्टाटस लेखेको भन्दै थापाले फेसबुकमा धम्काएको बुढाथोकीको भनाइ छ। उनले थापाको नाम गरेको आइडीबाट धम्की आएको म्यासेजको स्क्रिनसट समेत पोस्ट गरेका छन्।  

बुढाथोकीले प्रधानमन्त्री ओलीका विरुद्धमा स्टाटस लेख्दै आएका थिए। सोही कारण थापाले धम्की दिएको बुढाथोकीले आरोप लगाए। ‘दिउँसो साढे तीन बजे मलाई हेलो उग्रे भन्दै म्यासेज आयो। मैले भाषा बुझिनँ कमरेड भने। त्यसपछि म र मेरो परिवारलाई ज्यानको धम्की दिइयो,’ साउदीमा रहेका बुढाथोकीले काठमाडौं प्रेससँग भने, ‘धम्की दिएलगत्तै मैले आइडी खोल्न खोज्दा ब्लक देखायो। पछि उहाँले स्टाटस लेख्नुभएको छ रे भनेर खोल्न खोज्दा खुलेन।’

बुढाथोकीलाई धम्की दिएको भनिएको स्क्रिनसट

प्रधानमन्त्रीको सल्लाहकार माथि आरोप लागेपछि बुढाथोकीसँग काठमाडौं प्रेसले फेक आइडीले धम्की दिएको हुन सक्ने र पुनः भेरिफाइ गर्न भन्यो। हामीले उनको म्यासेज बक्समा थापाको आइडी पठाएर स्क्रिन सट पठाउन भन्यौं। उनले पठाएको स्क्रिनसटमा ‘दिस पेज इज नट अभाइलेवल राइट नाउ’ र ‘दिस पेज यू रिक्वेस्टेड वाज नट फाउन्ड’ देखाएको दुईवटा स्क्रिन सट पठाए।

बुढाथोकीले पठाएको स्क्रिनसट

बुढाथोकीले प्रधानमन्त्रीका गलत लागेका कामको विरोध गर्दा प्रधानमन्त्रीकै प्रेस सल्लाहकारको आइडीबाट धम्की आउँछ भने नागरिक कसरी सुरक्षित हुन सुक्छन्ः भन्दै प्रश्न गरे। ‘म त विदेशमा छु। लकडाउनले काम बन्दछ। धम्की आएपछि सिन्धुलीमा रहेका बा–आमा र काठमाडौंमा रहेका श्रीमती र छोरीको चिन्ता लागेको छ, असुरक्षा महसुस भएको छ,’ उनले भने। 

थापा माथि गम्भिर आरोप लागेपछि काठमाडौंप्रेसले उनीसँग समेत सम्पर्क गर्यो। थापाले आफुले समेत यसबारेमा थाहा पाएको प्रतिक्रिया दिए। ‘अहिले कोहीसँग भेट्ने, कसैसँग फेसबुकमा कुरा गर्ने समय नै कहाँ छ र? त्यै पनि किन कसैलाई धम्की दिनु?’ उनले भने, ‘दिउँसो मैले पनि यसरी धम्की दिएको स्क्रिन सट देखेँ। मैले यसबारेमा फेसबुकमा आफ्नो कुरा पनि लेखेको छु र साइबर ब्यूरोमा जानकारी दिएको छु। यो मलाई बदनाम गर्न खेलिएको खेल हो।’ 

थापाले लेखेको स्टाटस

 

प्रकाशित मिति: ००:०५ बजे, शनिबार, वैशाख १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्