प्याराग्लाइडिङ दुर्घटनामा विदेशी नागरिकको मृत्यु
पोखरा, फागुन १९ : पोखरा महानगरपालिका– १८ स्थित सारङकोटबाट उडेको प्याराग्लाइडिङ आईतबार फेवा तालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ....
पोखरा, फागुन १९ : पोखरा महानगरपालिका– १८ स्थित सारङकोटबाट उडेको प्याराग्लाइडिङ आईतबार फेवा तालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
आज बिहान ११ः१७ बजे सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवा तालमा खसेको थियो । दुर्घटनामा रोमानियाका ४२ वर्षीया एडे–सिस जेडिआरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार, ल्यान्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवामा खसेको थियो । दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । उनको उद्धार गरेर पोखरास्थित मेट्रोसिटी हस्पिटल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, फागुन १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१