केयूमा मेडिकलबाट पनि उपकुलपति बन्न पाउनुर्ने मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको एकल इजलासमा भएको सुनुवाईपछि माग वमोजिम अन्तरिम आदेश दिन अस्विकार भएको हो।
काठमाडौं, पुस २६ : काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन पाउनुपर्ने एक विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।
प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको एकल इजलासमा भएको सुनुवाईपछि माग वमोजिम अन्तरिम आदेश दिन अस्विकार भएको हो।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर चिकित्सकहरुले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
सर्वोच्चबाट अन्तरिम आदेश जारी नभएपछि चिकित्सकहरुले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका छन्। आगामी माघ ६ देखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको छ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधि नै बदर गर्न चिकित्सकहरुको माग थियो।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भन्दै गरिएको व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन्।











