Kathmandu Press

साताको पहिलो दिन नेप्से परिसूचक २५ अङ्कले घट्यो

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाख ५३ हजार ८७२ को कारोबार भएको छ।
साताको पहिलो दिन नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौं, पुस २८ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।

आज नेप्से परिसूचक २५.४१ अङ्कले घटेर दुई हजार छ सय ९.६७ बिन्दुमा कायम भएको हो।

आज ३०१ कम्पनीको ८० लाख ८१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार ३२३ मा खुम्चिएको छ।

सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा बढी वित्त समूह ३.६० र विकास बैंक समूह १.६० प्रतिशतले घटेको छ। बैंकिङ ०.८६, होटल तथा पर्यटन ०.७७, जलविद्युत् १.४४, लगानी ०.३९ र जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन एक.३६, लघुवित्त ०.८७, म्युचुअल फण्ड ०.४२, निर्जीवन बिमा ०.७३, व्यापार ०.१० र अन्य समूह ०.६० प्रतिशतले घटेको छ।

आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाख ५३ हजार ८७२ को कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको ६ लाख ३६ हजार ८०४ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्