Kathmandu Press

‘लोकतन्त्रको प्रवर्द्धन राजनीतिक दलहरू पारदर्शी हुनुपर्छ’

जनताको अभिमत ठिक ढंगले अभिव्यक्ति गर्ने दलहरू आफैं अलोकतान्त्रि विधि अन्र्तगत निर्माण भइ आफूलाई नै अव्यवस्थित भए भनेर प्रश्न उठ्नु स्वभाविक रहेको भएको उनले बताए।
‘लोकतन्त्रको प्रवर्द्धन राजनीतिक दलहरू पारदर्शी हुनुपर्छ’

काठमाडौं, पुस २८ : सभामुख देबराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी कानुनी अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको विश्वास जित्नको लागि मात्र नभई आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। 

Hardik ivf

‘लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारीत भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नको लागि जनताको विश्वास जित्नको लागि यस्तो प्रणालीको विकास गरौं जुन कुराहरु जनताले आफूलाई चाहिएका कुराहरु खोज्दा पाउने मात्र होईन कि आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले भूमिका खेल्नुपर्छ,’ सभामुख घिमिरेले भने।

दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सबैभन्दा माथि रहने उनको भनाई थियो।

जनताको अभिमत ठिक ढंगले अभिव्यक्ति गर्ने दलहरू आफैं अलोकतान्त्रि विधि अन्र्तगत निर्माण भइ आफूलाई नै अव्यवस्थित भए भनेर प्रश्न उठ्नु स्वभाविक रहेको भएको उनले बताए।

‘दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका माथि रहन्छ। दलहरु आफंै त्यसका माध्यम हुन्, जसले आम जनतालाई ठिक दिशामा लैजान सक्छ,’ सभामुख घिमिरेले भने ‘तर, दलहरू आफैं लोकतान्त्रि विधि अन्र्तगत बनेको छैन । सूचना सम्बन्धि काम व्यवस्थित गर्न आफूलाई नै व्यवस्थित गरेको छैन भने प्रश्न उठ्नु स्वभाविक हो।’
 

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्