Kathmandu Press

पर्यटकलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक : मन्त्री पाण्डे

मन्त्री पाण्डेले नेपाल हिमाल, पहाड, तराई ,जल, जंगल र जडिबुटिले बनेको विचित्रको भूगोल भएको बताए। यति सानो नेपालमा विचित्रको सम्पदा, विविधतापूर्ण संस्कृति र प्रकृति दुनियाँमा कहिँकतै नभएको उनको भनाई थियो।
पर्यटकलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक : मन्त्री पाण्डे

काठमाडौं, पुस २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकहरूलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

आइतबार नेपाल होटल व्यवसायी महासंघको रजत जयन्ती समारोहमा बोल्दै  उनले पर्यटनको  सहजताका लागि नीति नियम परिवर्तन गरेर होटल व्यवसायमा रहेका व्यवसायीको लागि व्यावसायीमैत्री वातावरण बनाउन सधैं अगाडि बढ्न तयार रहेको बताएका हुन्।

Hardik ivf

‘पर्यटन क्षेत्रको  विकासको  लागि होटल मुख्य क्षेत्र हो। होटलले सुमधुर साझ बिताउने  एउटा मौका दियो भने पर्यटकलाई दोहोरिएर आउँछ। पर्यटकले सुनौलो  बिहानी बिताउने  र शान्त र शुभ रात्रि बिताउन पाउने  खालको  वातावरण बन्यो भने मात्रै पर्यटक फेरि आउँछन,’ उनले भने, ‘यसका लागि सबै मन्त्रालय, निजी क्षेत्र, होटल क्षेत्रले के गरिनुपर्छ भन्ने खालको एउटा नीतिगत र कानूनी सुधारहरू गरेर होटेल व्यवसायीलाई सहजता गर्नुपर्छ। त्यसका लागि प्रतिबद्ध छु।’ 

मन्त्री पाण्डेले नेपाल हिमाल, पहाड, तराई ,जल, जंगल र जडिबुटिले बनेको विचित्रको भूगोल भएको बताए। यति सानो नेपालमा विचित्रको सम्पदा, विविधतापूर्ण संस्कृति र प्रकृति दुनियाँमा कहिँकतै नभएको उनको भनाई थियो।

‘विदेशतिरका नागरिकलाई हेर्ने हो भने नेपालको संस्कृतिलाई माया गर्छन्। किनकी लुम्बिनी पनि यहीँ छ, पशुपतिनाथ पनि यहीँ छ। जानकीधाम पनि यहीँ छ, मुक्तिनाथ पनि यहीँ छ,’ उनले भने, ‘प्रकृतिको कुरा गर्ने हो भने सबै भन्दा अग्लो  ठाउँ सगरमाथा नेपालमा छ, हिमाल, पहाड, तराई, जल,जंगल, जडिबुटि विचित्रको सम्पदा, यति सानो  भूगोलमा विविधतापूर्ण संस्कृति, प्रकृति दुनियाँको कुनै पनि ठाउँमा छैन, यो कुरा भारत, चीन र अन्य देशकाहरूलाई समेत थाहा छ।’ 

उनले विधितापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको बताए। 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्