Kathmandu Press

सिंचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आइतबार अभियोगपत्र दर्ता गरेको हो।
सिंचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, पुस २८ : पदीय दुरुपयनेग गरी झण्डै पाँच करोड रुपैयाँ गैरकानूनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आइतबार अभियोगपत्र दर्ता गरेको हो। अख्तियारका अनुसार श्रेष्ठले २०४६ सालमा सरकारी सेवा प्रवेश गरेका थिए। 

सेवामा रहेको २०७७ असारसम्मको अवधिमा गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। उक्त अवधिमा कुल ११ करोड २५ लाख रुपैयाँ वैध सम्पत्ति आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको दाबीसहित श्रेष्ठमाथि भ्रष्टाचारमा कारबाही गर्न माग छ। 

अवैध रुपमा आर्जित सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको दाबी अख्तियारको छ। 

श्रेष्ठ लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप विभागमा कार्यरत थिए। त्यहाँ रहँदा निर्माण संरचनामा ठेकेदारहरूसँग मिलेर भ्रष्टाचार गरेको दाबीसहित परेको उजुरीमा अख्तियारले छनविन अघि बढाएको थियो। 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, पुस २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्