Kathmandu Press

रवि लामिछानेलाई काठमाडौं अदालतले पठायो प्रहरी हिरासतमा

स्वर्णलक्ष्मी सहकारीको अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबार थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाएर हिरातमा पठाइएको हो।
रवि लामिछानेलाई काठमाडौं अदालतले पठायो प्रहरी हिरासतमा

काठमाडौं, पुस २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासत पठाइएको छ। 

स्वर्णलक्ष्मी सहकारीको अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबार थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाएर हिरातमा पठाइएको हो।

जिल्ला अदालत काठमाडौंमा आज लामिछानेको बयान मात्रै भएको हो। थुनछेक बहस भने भोलिदेखि सुरू हुनेछ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्न आदेशमा भनेको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकणमा ८२ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा छुटेका थिए। प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो।

सहकारी ठगी प्रकरणमै रविमाथि चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा चलाउने तयारी छ।
 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, पुस २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्