सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै
विज्ञप्तीमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ ।’
काठमाडौं, माघ २८ : शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार विभागले पत्रकार सम्मलेन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।
विज्ञप्तीमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ ।’
विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ ।
यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा प्यालीमा भाग लिनेछन् । कीर्तिपुरको पाँगा दोबाटोबाट शुरु भएर उक्त र्याली पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कूल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ ।
कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।
भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरुको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरी नै गोष्ठी, छलफल, व्याली, अन्र्तक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुने पनि विभागले जनाएको छ ।










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
