Kathmandu Press

जनसम्पर्क समिति बेलायतमा गुटबन्दीको असर, कांग्रेस नेता कोइराला कार्यक्रममा जान अस्वीकार

समितिका सभापति युवराज गुरुङले विज्ञप्ती जारी गर्दै जननायक विपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई गरेको नजरअन्दाजले विपी कोइरालाको समेत अपमान र अपहेलना भएको समेत ठहर समेत गरेको छ। 
जनसम्पर्क समिति बेलायतमा गुटबन्दीको असर, कांग्रेस नेता कोइराला कार्यक्रममा जान अस्वीकार

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अस्वीकार गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

११ जनवरीमा लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा कोइरालाले सहभागी नहुने निर्णय गरेको प्रति नेपाली जनसम्पर्क समिति बेलायतले एक बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ। 

समितिका सभापति युवराज गुरुङले विज्ञप्ती जारी गर्दै जननायक विपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई गरेको नजरअन्दाजले विपी कोइरालाको समेत अपमान र अपहेलना भएको समेत ठहर समेत गरेको छ। 

Hardik ivf

‘व्यक्तिगत पहलमा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यको निमन्त्रणामा बेलायत आएका कोइरालाले बेलायतस्थित नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति वेलायतसँग कुनै समन्वय नगरी, कुनै व्यक्तिको लहटमा लागेर बेलायतका विभिन्न रेस्टुरेन्ट स्थल र अन्य ठाउँहरूमा आयोजना हुने कार्यक्रममा सहभागी हुने तर उहाँकै सुझाव र सल्लाहअनुसार ११ जनवरी, शनिवारका दिन लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा सहभागी नहुने निर्णयप्रति खेद प्रकट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

यस्तै आज लण्डनस्थित प्लम्बस्टेडको एक रेस्टुरेन्टस्थल, नेपाली जनसम्पर्क समितिको नाममा हुने भेला नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक भेला नभएको जानकारी प्रष्ट समेत पारेको छ। 

नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक कार्यक्रम छोडेर एउटा गुटले आयोजना गर्न लागेको सो भेलामा नेता कोइराला जान लागेको खबरले आफूहरुलाई थप दुःखी बनाएको पनि समितिको भनाइ छ। 

हेर्नुस विज्ञप्ति

1-1736667121.jpg

_---विज्ञप्ति-,-११-जनवरी,-शनिवार-२०२५--2-1736667121.jpg

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्