Kathmandu Press

रविको बयान सुरू

उनको बयान काठमाडौं जिल्ला दालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको हो। 
रविको बयान सुरू

काठमाडौं, पुस २८ : स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने बयानका सुरु भएको छ। 

उनको बयान काठमाडौं जिल्ला दालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको हो। 

Hardik ivf

बयानका लागि उनी कार्यालय खुलेलगत्तै जिल्ला अदालतमा उपस्थित भएका थिए।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलानमा ८४ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा रिहा भएका थिए। रविलाई प्रहरीले आफैं अदालत उपस्थित शर्तमा परिवारको जिम्मामा छाडेको थियो । त्यसपछि शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आएका थिए।

रविसँग स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ५ करोड ७८ लाख ९८ हजार ४८० बिगो मागदाबी गरिएको छ। काठमाडौंको स्वर्णलक्ष्मीपछि रविमाथि बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्