Kathmandu Press

काठमाडाैं जिल्ला अदालत उपस्थित भए रवि, बयान न्यायाधीश माधव अधिकारीको इजलासमा 

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलानमा ८४ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा रिहा भएका थिए। रविलाई प्रहरीले आफैं अदालत उपस्थित हुने शर्तमा परिवारको जिम्मामा छाडेको थियो।
काठमाडाैं जिल्ला अदालत उपस्थित भए रवि, बयान न्यायाधीश माधव अधिकारीको इजलासमा 

काठमाडौं, पुस २८ : सहकारीको रकम हिनामिनाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने बयानका लागि काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन्। 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलान मुद्दामा आजको कामठमाडौंमा रविको थुनछेक बहस सुरु हुँदैछ। त्यसैका लागि आइतबार कार्यालय खुलेलगत्तै रवि अदालत उपस्थित भएका हुन्।

Hardik ivf

उनको बयान काठमाडौं जिल्ला दालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ। 

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलानमा ८४ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा रिहा भएका थिए। रविलाई प्रहरीले आफैं अदालत उपस्थित हुने शर्तमा परिवारको जिम्मामा छाडेको थियो । त्यसपछि शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आएका उनी आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन्।

रविसँग स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ५ करोड ७८ लाख ९८ हजार ४८० बिगो मागदाबी गरिएको छ। काठमाडौंको स्वर्णलक्ष्मीपछि रविमाथि बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्