कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रम गर्ने
आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौं, पुस २८ : नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ,अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथासिघ्र टुंगोमा पुयाउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ।
विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ।
त्यसै सन्दर्भमा शिक्षा नीति बहस अन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम आयोजिना गरिने छ।’










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
