Kathmandu Press

काठमाडाैं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापा

काठमाडाैं, वैशाख १२ : गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौ....

काठमाडाैं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापा

काठमाडाैं, वैशाख १२ : गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।  यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिए। थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए।

परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो। हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर गएका छन्। 

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्