Kathmandu Press

प्रधानमन्त्री ओलीलाई देउवाले भने- कानूनी राज्य छ भने सांसद अपहरण गर्नेमाथि कारवाही गर्नुस्

काठमाडौं, वैशाख १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग....

प्रधानमन्त्री ओलीलाई देउवाले भने- कानूनी राज्य छ भने सांसद अपहरण गर्नेमाथि कारवाही गर्नुस्

काठमाडौं, वैशाख १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकाहरुमाथि कारवाही गर्न माग गरेका छन्।

शुक्रबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सभापति देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्नहरुमाथि कारवाही गर्न माग गरेका हुन्। 

भेटमा प्रधानमन्त्री ओलीलाई देउवाले भने,‘ एक जना सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभर उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।’  

देउवाले राजनीतिक दल र संवैधानिक परिषद् अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए।  सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहेका बेला अब विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री ओलीलाई थप सजग पनि गराएका थिए।

देउवाले कोरोना परीक्षणलाई समुदाय स्तरमा व्यापक बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

‘समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौं,’ देउवाले भने,‘ स्वास्थकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथासिघ्र पुर्‍याउनु पर्‍यो। स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।’ 

भेटमा देउवाले श्रमिकलाई खानाको व्यवस्था गर्न नसक्ने भए गाउँ जान दिन प्रधानमन्त्रीलाई आग्रह गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सभापति देउवाले राहत घोषणा अधुरो भएको र पुग्नु पर्नेकोमा अझै राहत नपुगेकोप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि गराएका थिए। देउवाले श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउन ओलीलाई आग्रह गरेका छन्।
 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्