Kathmandu Press

काठमाडौंका मस्जिदमा रहेका मुस्लिमको कोरोना परीक्षण शुरु

काठमाडौं, वैशाख १२ : सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ। 

उदयपुरको मस्ज....

काठमाडौंका मस्जिदमा रहेका मुस्लिमको कोरोना परीक्षण शुरु
फाइल

काठमाडौं, वैशाख १२ : सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ। 

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) शुरु गरिएको छ। उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ। 

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो। तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए। रासस 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्