नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश दिने
काठमाडौं, फागुन १९ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर ....

काठमाडौं, फागुन १९ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
जीवन बीमा व्यवसायमा अग्रणी कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २८ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष पनि ४२ प्रतिशत बोनस शेयर र २८ प्रतिशत नगद लाभांशसहित ७०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको २८२ औं सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित हुने गरी लाभांश घोषणा गरेको हो । कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँको २५ प्रतिशत अर्थात एक अर्ब नौ करोड रुपैयाँको बोनस सेयर दिनेछ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ४९ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै बोनस सेयर र नगद लभांशको लागि कर प्रयोजनसहित जम्मा एक अर्ब तीन करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
जीवन बीमा व्यवसाय र लाभांश वितरणका हिसाबले कम्पनी हरेक वर्ष पहिलो स्थानमा रहँदै आएको छ । कम्पनीले बीमा समितिबाट न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ जुटाउने निर्देशन आउनु अगावै पुँजी जुटाइसकेको थियो ।











-1754206481.jpg)