Kathmandu Press

ओली-देउवाको भेटपछि प्रचण्डसहित तीन नेताबीच छलफल

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल....

ओली-देउवाको भेटपछि प्रचण्डसहित तीन नेताबीच छलफल
सूर्य थापाको फेसबुकबाट।

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ। 

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष प्रचण्डलाई  छलफलका लागि बालुवाटार बोलाएका हुन्। भेटमा उनीहरुबीच मुलुक समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग छुट्टै भेटेका थिए।

चौतर्फी दबाबपछि सरकारले शुक्रबार अध्यादेश फिर्ता लिने निर्णय गर्दै खारेजीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै दुवै अध्यादेश खारेज गरेकी छिन्। 

अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले प्रमुख नेताहरुसँग राजनीतिक भेटघाटलाई अघि बढाएका छन्। 
 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्