Kathmandu Press

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

....
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह भएको भेटमा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको संकट समाधान लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

अध्यादेश खारेज भएपछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेता देउवालाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।  सरकारले शुक्रबार चौतर्फी दबाबपछि अध्यादेश फिर्ता लिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै दुवै अध्यादेश खारेज गरेकी छिन्। 

सरकारले गत सोमबार प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै संवैधानिक परिषद्को बैठकले संवैधानिक नियुक्ति गर्ने सक्ने गरी संवैधानिक परिषद् अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेस सरकारविरुद्ध मोर्चाबन्दीमा उत्रिएको थियो।
 

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्