Kathmandu Press

कोरोनालाई जितेर घर फर्के साढे सात लाख मानिस

काठमाडौं, वैशाख १२ : कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। यसबाट बच्न संसारको झन्डै एक तिहाइ जनसंख्या लकडाउनमा छ। लाखौं मानिस कोरोनालाई जितरे अस्....

कोरोनालाई जितेर घर फर्के साढे सात लाख मानिस

काठमाडौं, वैशाख १२ : कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। यसबाट बच्न संसारको झन्डै एक तिहाइ जनसंख्या लकडाउनमा छ। लाखौं मानिस कोरोनालाई जितरे अस्पतालबाट घर फर्केका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, शुक्रबारसम्म कोरोनालाई जितर सात लाख ५० हजार ९२ जना अस्पतालबाट घर फर्केका छन्। उनीहरुमध्ये कोही एक साता त कोही चार सातासम्म पनि अस्पताल बसे।

अहिलेसम्म संसारभर २७ लाख २६ हजार सात सय ७६ जनाका कोरोना देखिएको छ। उनीहरुमध्ये एक लाख ९१ हजार ८७ जनाको ज्यान गएको छ।

अहिले पनि १७ लाख ८५ हजार पाँच सय ९७ जना कोरोनासँग जुधिरहेका छन्। तिमध्ये धेरैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचार गराइरहेका ५८ हजार सात सय २७ जनाको अवस्था भने गम्भीर रहेको छ।

कोरोनाको सबैभन्दा राम्रो उपचार जर्मनी भएको छ। जर्मनीका एक लाख ६ हजार आठ सय जना निको भएर घर फर्केका छन्। जर्मनीमा कोरोना देखिएका एक लाख ५३ हजार एक सय २९ मध्ये पाँच हजार पाँच सय ७५ जनाको मृत्यु भएको छ। त्यस्तै, ४० हजार सात सय ५४ जनाको उपचार भइरहेको छ। उनीहरुमध्ये दुई हजार नौ सय आठ जना मात्रै गम्भीर रहेका छन्।

जर्मनीपछि स्पेनमा ८५ हजार नौ सय २२ जना निको भएका छन भने एक लाख एक हजार ६ सय १७ जनाको उपचार भइरहेको छ। स्पेनमा कोरोना देखिएका दुई लाख १३ हजार २४ जनामध्ये २२ हजार एक सय ५७ जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी अमेरिकामा कोरोना संक्रमण भएका मानिसको ज्यान गएको छ। कोरोना देखिएका आठ लाख ८६ हजार सात सय नौ जनामध्ये ५० हजार दुई सय ४३ जनाको ज्यान गएको छ।
त्यस्तै, अमेरिकामा ८५ हजार नौ सय २२ जना निको भएका छन भने सात लाख ५० हजार पाँच सय ४४ जनाको उपचार भइरहेको छ।

कोरोनाको उद्गमस्थल चीनमा भने धेरैजसो निको भएका छन्। कोरोना देखिएका ८२ हजार आठ सय चार जनामध्ये ७७ हजार दुई सय ५७ जना निको भएका छन्।। कोरोनाबाट चार हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन भने अझै ५७ जना गम्भीर अवस्थामा रहेका छ। अहिले नौ सय १५ जनाको उपचार चलिरहेको छ।

छिमेकी देश भारतमा पनि निको हुनेको संख्या विस्तार बढ्दै गएको छ। शुक्रबारसम्म कोरोना देखिएका २३ हजार पाँच सय दुई जनामध्ये पाँच हजार १२ जना निको भएका छन्। अहिलेसम्म भारतमा सात सय २२ जनाले ज्यान गुमाएको छ।

नेपालमा भने संक्रमण देखिएका सबैको अवस्था सामान्य रह्यो। अहिलेसम्म ४८ जनामा संक्रमण देखिएको छ भने १० जना निको भएर घर फर्किसकेका छन्।

अहिले देशका विभिन्न अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्