चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिंग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिंग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।
दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।
बेइजिङ समय अनुसार बिहान ९:०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् ।
डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।
मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ।
प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताइवानमा शक्तिशाली भूकम्पमंगलबार, माघ ८, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ मंगलबार, माघ ८, २०८१
गाजामा युद्धविराम आजदेखि लागू, इजरायली रक्षामन्त्रीले दिए राजिनामा आइतबार, माघ ६, २०८१
चीनमा नयाँ बिरुवाको प्रजाति फेलाशुक्रबार, माघ ४, २०८१