एमालेले पारित गर्यो भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गनुपर्ने प्रस्ताव
पारित गरेको विशेष प्रस्तावमा चर्चामा रहेका सबै भ्रष्टाचार काण्डहरुको छानबिन गर्न ध्यानाकर्षण गरिएको हो। प्रस्तावमा भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक रहेको जनाइएको छ।
काठमाडौं, पुस २३ : सत्तारुढ दल नेकपा एमाले बैठकले भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
मंगलबार समापन भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको विशेष प्रस्तावमा चर्चामा रहेका सबै भ्रष्टाचार काण्डहरुको छानबिन गर्न ध्यानाकर्षण गरिएको हो। प्रस्तावमा भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक रहेको जनाइएको छ।
यस्तै, पार्टीभित्र सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ संकल्प समेत बैठकले गरेको छ । एमालेले भ्रष्टाचार काण्डको छानविनलगायत विभिन्न १४ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ।
‘भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गर्दछ,’ केन्द्रीय कमिटी बैठकले पारित गरेको विशेष प्रस्तावमा उल्लेख छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
