Kathmandu Press

घोडेपानीमा हिमपात

घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए।
घोडेपानीमा हिमपात

म्याग्दी, पुस २३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो।

घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए।

'दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,' उनले भने, 'ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ।' 

हिमपातपछि चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ।

स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन्। आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ। करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन्।

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्