Kathmandu Press

नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रिया अवैध भन्दै सर्वोच्चमा रिट

रिटमा नेपाल धितोपत्र बोर्डले २०७९ साल असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि मागिएको आवेदन बदर गर्न माग छ।
नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रिया अवैध भन्दै सर्वोच्चमा रिट

काठमाडौं, पुस २३ : नयाँ स्टक एक्स्चेन्ज खोल्न प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय खारेज गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

निर्देशिकामा टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिने तयारी भएको भन्दै कृष्णबहादुर थापाले रिट दिएका हुन्। रिटमा नेपाल धितोपत्र बोर्डले २०७९ साल असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि मागिएको आवेदन बदर गर्न माग छ।

रिटमा निर्देशिका समेत खारेज गर्न माग छ। मन्त्रिपरिषद्को गत पुस ५ गते बसेको बैठकले नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय लिएको थियो।

निर्देशिकाको कार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको कार्य कानुनविपरित रहेको दाबी गरिएको छ। उक्त रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्