रास्वपा सभापति लामिछानेका तर्फबाट बहस सकियो
लामिछानेका तर्फबाट कानुन व्यवसायीको बहस सकिए पनि अन्य प्रतिवादीका कानुनव्यवसायीको बसह बाँकी छ।
कास्की, पुस २३ : सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलाक्ष्एका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ।
मंगलबार लामिछानेका कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बचाउमा बहस गरेका थिए। लामिछानेका तर्फबाट कानुन व्यवसायीको बहस सकिए पनि अन्य प्रतिवादीका कानुनव्यवसायीको बसह बाँकी छ।
बुधबार अन्य प्रतिबादीको बहस सक्ने तयारी छ। बहस निरन्तर जारी छ।
प्रतिबादीको वहश सकिएपछि सरकारी वकिलले जवाफ दिने छन्। त्यसपछि पुर्पक्षका लागि लामिछानेसहितका प्रतिवादीलाई थुनामा पठाउने वा धरौटीमा राख्ने भन्ने विषयमा निर्णय आउने छ।
लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन्।
प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












