भूकम्पबाट भएको जनधनको क्षतिप्रति राष्ट्रिपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समा सन्देश दिँदै भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।काठमाडौं, पुस २३ : राष्ट्रपति रामचन्द्र पौडेलले चीनको तिब्बत स्वायत्त क्षेत्रमा मङ्गलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले मृतकका परिवारलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समा सन्देश दिँदै भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
‘तिब्बत स्वायत्त क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजनलाई हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखद घडीमा नेपाल जनगणतन्त्र चीनको सरकार र जनताको साथमा दृढतापूर्वक उभिएको छ,’ राष्ट्रपति पौडेललेभनेका छन्।
साथै, पौडेलले नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना व्यक्त गर्दै चीन सरकार र पीडित जनतालाई आवश्यक सहयोग गर्न नेपाल तयार रहेको समेत बताएका छन्।
मंगलबार चीनको तिब्बत क्षेत्रमा गएको भूकम्पमा परी अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु र १३० जना घाइते भएका छन् । भुकम्पका काररण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।