Kathmandu Press

पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोगका लागि जनार्दन शर्माको प्रस्ताव 

मंगलबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँग विशेष समय माग गर्दै शर्माले सम्पत्ति छानविनका लागि स्वतन्त्र आयोगको प्रश्ताव राखेका हुन्। 
पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोगका लागि जनार्दन शर्माको प्रस्ताव 

काठमाडौं, पुस २३ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीको सम्पत्ति छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोगको माग राखेका छन्। 

मंगलबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँग विशेष समय माग गर्दै शर्माले सम्पत्ति छानविनका लागि स्वतन्त्र आयोगको प्रश्ताव राखेका हुन्। 

पदाधिकारीको सम्पत्ति छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोग बना मात्र पार्टी नेतृत्व र पार्टीको साख बढ्ने भर्ना शर्माको छ। 

सिंगो राजनीतिक नेतृत्वलाई जनताले आमरुपमा भ्रष्टाचारीका रुपमा हेर्ने गरेको बताउँदै शर्माले सम्पत्तिको छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरेर आरोपबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए। 

‘हामीले गल्ती गरेका छौं भने हामी समाप्त हुन पनि तयार हुनुपर्छ,’ बैठकमा शर्माले भने।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले फागुन १ गतेको समयसीमा तोक्दै सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण र आर्यआर्जनको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेपछि शर्माबाट यस्तो प्रस्ताव आएको थियो। 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्