Kathmandu Press

एमाले बैठकमा उठ्यो दान लिएको जग्गा फिर्ता गर्न आवाज 

विवादास्पद छविका व्यापारीले दिएको दानबाट पार्टी कार्यालय बनाउने कुराले राम्रो सन्देश नदिएको भनाई एमाले नेताहरुको थियो । पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेताहरु ठाकुर गैरे, रचना खड्का, पेम्वा लामालगायतले जग्गा फिर्ता गर्नुपर्ने आवाज उठाएका थिए। 
एमाले बैठकमा उठ्यो दान लिएको जग्गा फिर्ता गर्न आवाज 

काठमाडौं, पुस २३ : विवादास्पद व्यापारी मीनबहादुर गुरूङबाट लिएको जग्गा दिन फिर्ता गर्न एमालेका नेताहरुले आवाज उठाएका छन्। 

एमाले मुख्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले बोल्नेक्रममा यस्तो आवाज उठाएका हुन्। एमाले केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेताहरूले असहमति जनाएका हुन्। 

विवादास्पद छविका व्यापारीले दिएको दानबाट पार्टी कार्यालय बनाउने कुराले राम्रो सन्देश नदिएको भनाई एमाले नेताहरुको थियो । पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेताहरु ठाकुर गैरे, रचना खड्का, पेम्वा लामालगायतले जग्गा फिर्ता गर्नुपर्ने आवाज उठाएका थिए। 

विशेषगरी, पोलिटब्यूरो सदस्य भट्टराईले जग्गा दानमा लिने निर्णय बदल्न सुझाव दिएका थिए । उनको भनाईमा अरु नेताले पनि समर्थन दिएको जनाइएको छ। 

एमालेले यसअघि गुरुङबाट लिएको जग्गा दानको विरोध गर्ने नेतामाथि कारवाही गरिसकेको छ। एमाले उपाध्यक्ष रहेका भीम रावललाई पार्टीबाटै निष्कासित गरिएको छ भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बनको कारबाही गरिएको छ। 

बैठकमा निलम्बनमा परेकाहरूको बिषयमा पुनर्विचार गर्न पनि नेताहरुले प्रस्ताव गरेका थिए । जग्गा दान दिने गुरुङलाई धन्यवाद दिएर दान लिने निर्णयबाट पछि हट्न एमाले बैठकमा आवाज उठेको थियो।  

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्