Kathmandu Press

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, पुस २३ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सभापति देउवाले मंगलबार बिहान अमेरिकी दूतावासमा पुगेर पूर्वराष्ट्रपति कार्टर प्रति श्रद्धाञ्जली अर्पण गरे। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए।

यस्तै, उनी मंगलबार बिहानै भारतका पूर्वप्रधानमन्त्री डा सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय दूतावास पुगेका थिए। त्यहाँ पनि उनले शोक पुस्तिकामा हस्ताक्षर गरे।

पूर्वराष्ट्रपति कार्टरको डिसेम्बर २९ र भारतीय पूर्वप्रधानमन्त्री सिंहको डिसेम्बर २६ मा निधन भएको थियो।
 

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्