Kathmandu Press

गगन थापा  भन्छन्– जिम्मेवार दलहरू नै संघीयताप्रति उदार छैनन्

‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनाैं, एकदमै अनुदार छौ। यसमा रुची छैन,’ उनले भने, ‘मैले नयाँ दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें। जसले बाहिर जे–जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन्।’
गगन थापा  भन्छन्– जिम्मेवार दलहरू नै संघीयताप्रति उदार छैनन्

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका महाहन्त्री गगन थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन्। 

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताए।

Hardik ivf

‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनाैं, एकदमै अनुदार छौ। यसमा रुची छैन,’ उनले भने, ‘मैले नयाँ दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें। जसले बाहिर जे–जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन्।’

महामन्त्री थापाले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताउँदै संघीयताको विषयमा कांग्रेस–एमालेमा बहस गर्नुपर्ने पनि बताए। 

‘संघीयताको विषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं। दुवै आन्दोलनको महत्व ठूलो छ। तर अलिक फरक रुपमा पनि हेर्नपर्छ। केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ,’ उनले भने, ‘शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ। सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ, यो संस्थागत कमिटमेन्ट हो।’
 
प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्