Kathmandu Press

बाग्मती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्दै उनले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताए। 
बाग्मती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, पुस २३ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताएका छन्।

मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्दै उनले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताए। 

Hardik ivf

‘बाग्मती कार्ययोजना टुटेको थियो। फेरि यसलाई निरन्तरा दिएका छौं । बाग्मती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ, यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं,’ उनले भने, ‘कार्ययोजनामा छलफलमा आएका सुझावहरु समेटेर, सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिन्छौं।’ 

उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझावहरू आएको पनि बताए। 

बागमती कार्ययोजनाले बागमती नदि प्रणालीमा रहेका १७ वटा अरु नदिको समेत अध्ययन गरि प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र गरि ५ भागमा वर्गिकरण गरेर अध्ययन गर्नेछ। 

२० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथी छलफल आयोजना गरेको हो। 

छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरि प्रकृतिमैत्री रुपमा योजना अघि बढाउनुपर्ने बताए। 
 

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्