Kathmandu Press

भूकम्प अपडेट : चीनमा मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने कम्तीमा १३० जना घाइते भएका हुन्।
भूकम्प अपडेट : चीनमा मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं, पस २३ : मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

स्थानीय समयानुसार  बिहान ९ः५ मा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्पबाट १३० जना भन्दा बढी घाइते भएका छन्।

भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रले एक विज्ञप्तिमार्फत संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ। 

यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ। 

गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। 

त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पु¥याएको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो।

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्