Kathmandu Press

नेपाली सेनाले भन्यो– चीनको भूकम्पबाट सोलुखुम्बुमा २ र संखुवासभामा १ घरमा क्षति

‘सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,’ नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने।
नेपाली सेनाले भन्यो– चीनको भूकम्पबाट सोलुखुम्बुमा २ र संखुवासभामा १ घरमा क्षति

काठमाडौं, पुस २३ : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौंसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ। 

हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको नेपाली सेनाले जनाएको छ। 

Hardik ivf

‘सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,’ नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने।

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको सूचना प्राप्त भएकाे केसीले बताए। उनका अनुसार थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको उनले बताए। 

यस्तै, संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेछ। जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको बताइएको छ। 

उनका अनुसार केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको सूचना आएको उनले बताए। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। 

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो। अहिलेसम्म चीनमा ५३ जनको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन्।  

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्