Kathmandu Press

वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

रास्वपा सांसद शिशिर खनालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै यस्तो माग गरेका हुन्।
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं, पुस २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ।

रास्वपा सांसद शिशिर खनालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै यस्तो माग गरेका हुन्।

सांसद खनालले भने,-‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ। नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्, यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ।’

खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रुपमा हेर्नुपर्ने माग राख्दै भने,-‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो, त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाऔं, पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं।’

यस्तो माग गर्ने विषयमा रास्वपाभित्र छलफलपछि सांसद खनालले मंगलबारको बैठकमा यस्तो माग राखेका हुन्।
 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्