Kathmandu Press

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा अडियोभिडियो मगाउन सर्वोच्चको आदेश 

अवहेलना मुद्दामा सुनुवाईपछि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 
बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा अडियोभिडियो मगाउन सर्वोच्चको आदेश 

काठमाडौं, पुस २३ : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतले मंगलबार अडियो र भिडियोलगायत सामाग्री मगाउने आदेश दिएको छ। 

अवहेलना मुद्दामा सुनुवाईपछि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 

घिमिरेलाई अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले प्रतिवेदन तयार पारेर अवहेलना मुद्दा दर्ता गरेका थिए। 

यसअघि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र डा.कुमार चुडालको संयुक्त इजलासले घिमिरेलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जवाफ लिएर उपस्थित हुन आदेश दिएको थियो। 

सर्वोच्चमा भएको दुईजना न्यायाधीश नियुक्तिको विषयलाई लिएर तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि ‘लेनदेन’ को आरोप लगाएको आरोपमा अदालतको अवहेलना मुद्दा दायर भएको हो। 

प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्