Kathmandu Press

कांग्रेसले भन्यो, 'अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्चायो, अब सांसद उठाउनेलाई कारवाही होस्'

काठमाडौं, वैशाख १२ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिने सरकारको निर्णयलाई स्वागत गरेको छ। सरकारले गत सोमबार राजनीतिक दल सम्बन्....

कांग्रेसले भन्यो, 'अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्चायो, अब सांसद उठाउनेलाई कारवाही होस्'

काठमाडौं, वैशाख १२ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिने सरकारको निर्णयलाई स्वागत गरेको छ। सरकारले गत सोमबार राजनीतिक दल सम्बन्धि र संवैधानिक परिषद सम्बन्धी ऐन संसोशन गर्न अध्यादेश ल्याएको थियो। जसको तिव्र विरोध समेत भएको थियो। समाजवादी पार्टी फुटाउने प्रयासस्वरुप अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना समेत भएको थियो। तर, सरकारले अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टीबीच एकिकरण समेत भइसकेको छ।  

समाजवादी पार्टी फुटाउने प्रयास असफल बनेपछि शुक्रबारको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। निर्णय फिर्ता लिएसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्चाएको बताएका छन्। शर्माले ट्वीट गर्दै अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नहरुलाई कारवाही गर्न मागसमेत गरेका छन्। उनले अबको सम्पूर्ण ध्यान कोरोनाविरुद्धको संघर्षमा लगाउनुपर्ने बताएका छन्। ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारवाहीको प्रतीक्षामा छ देश!,’ शर्माले भनेका छन्, ‘पिएम नेपाल जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं। पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला।’

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्