Kathmandu Press

भूकम्पबाट भएको क्षति संकलन गर्न सशस्त्र प्रहरी परिचालन

गृहमन्त्रालयले भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालन गरेको  हो। करिब २५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरेको जनाइएको छ। 
भूकम्पबाट भएको क्षति संकलन गर्न सशस्त्र प्रहरी परिचालन

काठमाडौं, पुस २३ : सरकारले मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरी परिचालन गरेको छ। 

गृहमन्त्रालयले भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालन गरेको  हो। करिब २५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरेको जनाइएको छ। 

कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट सशस्त्र प्रहरी परिचालन भएका हुन्। भुकम्पका कारण सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायत केही जिल्लामा सामान्य क्षति पुगेको छ। 

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिङ्गे क्षेत्र केन्द्रबिन्दु बनाएर ७ रेटर स्केलको भुकम्प गएको थियो । भूकम्पमा परी हालसम्म चीनमा ५३ जनाको ज्यान गएको छ। 
 
प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्