Kathmandu Press

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकियो, आदेश आउँदै 

बार अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्दा तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’ गरेको आरोप लगाएपछि अवहेलना मुद्दा दर्ता भएको थियो। 
बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकियो, आदेश आउँदै 

काठमाडौं, पुस २३ : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार सुनुवाई सकिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तय भएको थियो। 

बार अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्दा तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’ गरेको आरोप लगाएपछि अवहेलना मुद्दा दर्ता भएको थियो। 

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर गत असोज १४ गते अदालतको अवहेलना मुद्दा दिएका थिए। उक्त मुद्दामा घिमिरेलाई सजायको माग छ। 

यसअघि बार अध्यक्ष घिमिरेसँग लिखित जवाफ मागिएको थियो । अवहेलना मुद्दामा सुनुवाई सकिएपछि आदेशको तयारी छ। 

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्