Kathmandu Press

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए। 
संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

काठमाडौं, पुस २३ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधन मार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए। 

Hardik ivf

उनले भने,-‘मूलुकमा अहिले धेरै समस्या छन्, क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीको बीचमा ठूलो अन्तर छ, सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजि रहेका छौं, कति संविधानका अन्तर नीहित कमजोरी काकारणले भएको छन् र कतिचाँही संविधान भित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ  तसर्थ त्यसलाई हेर्न आवश्यक छ।’

सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहिँ पुग्न नसकिने धारणा राख्दै ज्ञवालीले भने,-‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने चाँही संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाँही कहिँ पुग्दैनौं जस्तो मलाई लाग्छ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीयतहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती निर्माण गर्नुपर्ने धारणा राखे। देशभरी कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीतदलहरुको प्रभुत्तको कारणले संघीयता विकास हुन नसकेको बताउदैँ रिजालले भने,–‘स्थानीयतहलाई यही रुपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती हुनुपर्छ। त्यो भयो भने मानिस अलि कति भएपनि केही हदमा स्वतन्त्र हुन्छ। देशभरी कांग्रेस एमाले माओवादी र मेधेस केन्द्रीतदलहरुको प्रभुत्तको कारणले संघीयता स्वभाविक रुपमा विकास हुन नसकेको हो।’ 
 

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्