Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णय बमोजिम युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीद्धारा पुस्कार प्रदान गरिएको हो।
प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौं, पुस २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्।

मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णय बमोजिम युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीद्धारा पुस्कार प्रदान गरिएको हो।

Hardik ivf

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायतलाई पुरस्कार वितरण गरिएको छ। त्यस्तै चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २०औं एसियाली कराँते च्याम्पियनसिफमा पदक विजेता एरिका गुरूङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पनी पुरस्कार प्रदान गरिएको छ। 

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो। 
खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण छिटो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको बताएका थिए।

प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।
 

 

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्