Kathmandu Press

चीनमा भूकम्पमा मृत्यु हुनेकाे संख्या ५३ पुग्याे, दर्जनौं घाइते

चीनको स्वायत्त तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
चीनमा भूकम्पमा मृत्यु हुनेकाे संख्या ५३ पुग्याे, दर्जनौं घाइते

काटमाडाैं, पुस २३ : चीनको स्वायत्त तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ। मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पका कारण  दर्जनौं मानिस घाइते भएको बताइएको छ। 

भूकम्पको केन्द्रविन्दु दिङ्गे काउन्टीमा धेरै घरहरू भत्किएका छन् र भग्नावशेषमा उद्धार कार्य जारी छ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि करिब १,५०० अग्नि तथा उद्धारकर्मी खटाइएको जनाएको छ।

भूकम्पकाे धक्का नेपालको काठमाडौंसहित पूर्वी क्षेत्र, भुटान, र भारतको उत्तरी क्षेत्रमा समेत महसुस गरिएको थियो। भूकम्पपछि ४.४ म्याग्निच्युडसम्मका परकम्पनहरू भएका छन्। 

नेपालको सोलुखुम्बुको खुम्बु क्षेत्रमा शक्तिशाली धक्का महसुर भएको बताएको छ। 

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्