Kathmandu Press

चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो। प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो।
चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

धुनषा, पुसा २३ : करिब चार महिनापछि मधेश प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।

आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो। प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो।

आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ।

लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्द पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो।
 

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्