तिब्बतमा भूकम्पबाट ३६ जनाको मृत्यु
सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।काठमाडौं, पुस २३ : चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताइवानमा शक्तिशाली भूकम्पमंगलबार, माघ ८, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ मंगलबार, माघ ८, २०८१
गाजामा युद्धविराम आजदेखि लागू, इजरायली रक्षामन्त्रीले दिए राजिनामा आइतबार, माघ ६, २०८१
चीनमा नयाँ बिरुवाको प्रजाति फेलाशुक्रबार, माघ ४, २०८१