Kathmandu Press

कोभिड-१९ को महासंकटमाथि विजय हुन्छः मुख्यमन्त्री गुरुङ

कास्की, वैशाख १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाक....

कोभिड-१९ को महासंकटमाथि विजय हुन्छः मुख्यमन्त्री गुरुङ

कास्की, वैशाख १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनर्निर्माण अभियानमा जुटेको बताएका छन्।

छैटौँ गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उनले कोभिड–१९ ले निम्त्याएको महासंकटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य भएको बताउँदै बन्दाबन्दीको पूर्णपालनासहित यसबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नका लागि सबैमा आग्रह गरेका छन्।

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्