माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।काठमाडौ, पुस २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।
दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका थिए । दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका थिए ।
बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ । आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
प्रकाशित मिति: ०७:५८ बजे, मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालत उपस्थितबुधबार, पुस २४, २०८१
शैलुङमा यस वर्षको पहिलो हिमपातबुधबार, पुस २४, २०८१
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपातबुधबार, पुस २४, २०८१
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना बुधबार, पुस २४, २०८१