क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु
ओखलढुङ्गा, वैशाख १२ : उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका&nd....

ओखलढुङ्गा, वैशाख १२ : उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्।
मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको बुधबारदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। केही समयपछि उनले मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि युवतीलाई ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनले बताए।
'अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो। भोलिपल्ट बच्चा पो जन्मियो। समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन,' उनले भने, 'मृत शिशु प्रहरीको जिम्मा लगायौं र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ।' क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ।











