Kathmandu Press

एन्फा महिला लिगमा एपिएफकाे सहज जित

सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ९–०को फराकिलो जित निकाल्यो।
एन्फा महिला लिगमा एपिएफकाे सहज जित

काठमाडाैं, पुस २२ : एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टिम एपिएफ क्लबले फराकिलो जित निकालेको छ। 

सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ९–०को फराकिलो जित निकाल्यो।

महिला लिगको पहिलो चरणमा ५ विदेशी खेलाडीलाई मैदानमा उतारेको वालिङले अन्तिम चरणमा स्वदेशी खेलाडीमै भरपर्दा उसको प्रदर्शन कमजोर छ। 

एपिएफलाई फराकिलो जित दिलाउने क्रममा रश्मिकुमारी घिसिङले चार गोल गरिन् भने गीता राना र सरु लिम्बूले दुई–दुई गोल गरे। यस्तै एक गोल अनिता केसीको नाममा रह्यो। रश्मीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी हुन्। 

यो जितसँगै एपिएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। २ खेलमो उसको ६ अंक भएको छ। समान ४ अंक जोडेका दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकबिहीन र बागमती युथ क्लब र वालिङ चौथो र पाँचौं स्थानमा छन्। 

प्रकाशित मिति: २०:१९ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्