Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि

काठमाडौं, पुस २२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मङ्गलबार पनि बैठक हुने भएको छ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थियो।

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।

प्रकाशित मिति: २०:१५ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्