Kathmandu Press

काठमाडौंसहित सात जिल्लाका सिडिओको सरूवा, को कहाँ पुगे?

काठमाडौंसहित सात जिल्लाका सिडिओको सरूवा, को कहाँ पुगे?

काठमाडौंसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा भएको छ।

गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै मन्त्रालय अन्तर्गतका १२ जना सहसचिव तथा उपसचिवको सरूवा गरिएको जानकारी दिएको छ।

योसँगै काठमाडौंको प्रजिअ पनि परिवर्तन भएको छ।

Hardik ivf

काठमाडौंका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय सरूवा भएका छन्। उनको स्थानमा गृहका सहसचिव ऋषिराम तिवारीलाई पठाएको छ।

 त्यस्तै कैलाली, सुनसरी, मोरङ, झापा, सर्लाही, सल्यानका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन्।

कैलालीका प्रजिअ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीका रूपमा सरूवा गरिएको छ। सुनसरीका प्रजिअ रामचन्द्र तिवारीलाई गृहमन्त्रालयमा सरूवा गरिएको छ।

त्यस्तै मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरूवा गरिएको छ भने गृहका सहसचिव इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

कसको कहाँ सरूवा?

cdo-saruwa-1736172726.jpg
 

प्रकाशित मिति: १९:५८ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्