Kathmandu Press

बलात्कार, हत्या र बेपत्ताको संगिन अभियोग लागेका वडाध्यक्ष साहलाई थुनामा पठाउन आदेश

सप्तरी जिल्ला न्यायाधीश दीपक धितालको इजलासले साहलाई मुद्दाको अन्तिम टुंगो नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो।
बलात्कार, हत्या र बेपत्ताको संगिन अभियोग लागेका वडाध्यक्ष साहलाई थुनामा पठाउन आदेश

राजविराज, पुस २२ : बलात्कारपछि महिलाको हत्या गरेको तथा प्रत्यक्षदर्शीलाई बेपत्ता बनाएको संगिन अभियोगमा मुद्दा चलाइएका सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ।

सप्तरी जिल्ला न्यायाधीश दीपक धितालको इजलासले साहलाई मुद्दाको अन्तिम टुंगो नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो।

साह स्थानिय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । गत मंसर २० गते शपथ लिँदै गर्दा उनी पक्राउ परेका थिए । वडाध्यक्ष साहसहित ६ जनाबिरुद्ध जर्वजस्ती करणी गरी कर्तव्य ज्यान गरेको तथा व्यक्ति वेपत्ता गरेको कसुरमा मुद्दा चलाइएको थियो । 

स्थानीय सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको अभियोगमा साहसहित ६ जनालाई सर्वश्वसहित आजिवन कैदको माग गर्दै अभियोगपत्र दायर भएको छ।

आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई पनि अपहरण गरी बेपत्ता पारेको आरोप साहसहितका प्रतिबादीमाथि लगाइएको छ । 

दिदी सन्तोषीकुमाीको हत्यासप्तरीको डाक्नेश्वरी, नगरपालिका– १ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो । नितिश २०७९ फागुनदेखि बेपत्ता छन् ।

 

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्